पोखरा । गण्डकी प्रदेशका स्वतन्त्र सांसद दीपक मनाङ्गे भनेर चिनिने राजिव गुरुङ मन्त्री बनेका छन् । उनलाई आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्री नियुक्त गरेका हुन् । उनलाई युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय बनाइएको हो ।
मन्त्री राजीव गुरुङ (दीपक मनांगे) ले युवाहरुलाई विदेश जान नपर्ने आफूसँग ‘भिजन’ रहेको बताएका छन् । सपथग्रहणअघि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै गुरुङले युवाहरुका लागि स्वदेशमै रोजगारी दिलाउने भिजनका साथ आफूले मन्त्रीको जिम्मेवारी सम्हाल्न लागेको बताए ।
भिजन के हो भन्नेबारेमा भने केही दिनमा फेहरिस्त सार्वजनिक गरिने उनको भनाइ छ । मन्त्री भएपछि कस्तो अनुभव गरिराख्नुभएको छ ? भन्ने प्रश्नमा उनले भने, ‘निन्द्रा लागिराछ, सुत्न पाको छैन क्या ।’




