राजनीति

केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित चारजनालाई कोरोना देखिएपछि कांग्रेस बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि स्थगित भएको छ । केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठसहित कांग्रेस केन्द्रीय कार्यालयका चारजनालाई कोरोना संक्रमण देखिएपछि आज बस्ने भनिएको बैठक स्थगित भएको हो ।

कांग्रेसले मंगलबार एक सय ५९ जनाको कोरोना परीक्षण गराएको थियो । त्यसमध्ये केन्द्रीय सदस्य श्रेष्ठ, केन्द्रीय कार्यालयका कर्मचारी मुक्ति आचार्यसहित तीनजना गरी चारजनालाई कोरोना पोजेटिभ देखिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *