काठमाडौं । गण्डकी र लुम्बिनी प्रदेश सरकार अस्थिर भएकै बेला बागमती प्रदेशमा भने मन्त्रिपरिषद् पुनर्गठन भएको छ । मुख्यमन्त्री डोरमणि पौडेलले प्रधानमन्त्री केपी ओली निकट सांसदहरूलाई मन्त्री र राज्यमन्त्री नियुक्ति गरेका छन् ।
मन्त्री बन्नेमा एमाले प्रमुख सचेतक केशवराज पाण्डे (नुवाकोट), सरेश नेपाल (सिन्धुपाल्चोक), चन्द्र लामा (काभ्रें) र सरस्वती बस्नेत (दोलखा) रहेका छन् ।
त्यस्तै राज्यमन्त्रीमा डा.रामकुमार अधिकारी (धादिङ), प्रदीप कटुवाल (सिन्धुली), जुनेली श्रेष्ठ (काठमाडौंं) छन् । नवनियुक्त मन्त्रीहरुलाई दिउँसो ४ बजे प्रदेश प्रमुख विष्णुप्रसाद प्रसार्इले सपथ ग्रहण गराउने भएका छन् ।




