समाचार

भारतमा कोरोनाबाट मृत्यु हुने दुई लाख नाघे, २४ घन्टामा तीन लाख ६२ हजार संक्रमित

काठमाडौं । कोरोना भाइरसले छिमेकी देश भारतको जनजीवन पूरै तहसनहस भएको छ । कोरोनाको पहिलो लहरभन्दा दोस्रो लहरले भारतमा धेरै क्षति गर्ने अनुमान गरिएको छ ।

कोरोनाबाट भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख नाघेको छ। मंगलबार रातिसम्मको तथ्यांकअनुसार भारतमा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख पूरा भएको हो। मंगलबार एकै दिन ३२ सयको ज्यान गएको छ। एकै दिन कोरोना महामारीका कारण यति धेरैको संख्यामा ज्यान गएको पहिलोपटक रहेको अधिकारीले बताएका छन्।

पछिल्लो दुई हप्तामा मात्रै भारतमा २० लाखभन्दा धेरै संक्रमित थपिएका छन्। पछिल्ला दिनहरुमा दैनिक साढे तीन लाखको हाराहारीमा संक्रमित थपिएका छन्। भारतमा महामारीको अवस्था अहिले अति भयावह र चिन्ताजनक बनेको छ। अस्पतालहरुमा आइसियु, भेन्टिलेटर बेड, अक्सिजन तथा औषधिको अभाव भइरहेको छ।

मृत्यु हुनेको दाहसंस्कारका दृश्यले संसारकै ध्यान खिचेको छ । तर, पनि भारतमा राजनीतिक गतिविधिमा कुनै कमी आएको छैन । अहिले पनि त्यहाँ निर्र्वाचनको प्रचार प्रसार भइरहेको छ । जहाँ हजारौं मानिस भेला हुने गरेका छन् । कतै लकडाउन छ, कतै चुनावी सरगर्मी उत्कर्षमा छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *