काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ हट्ने निश्चित भएपछि एमाले सांसदले कोरोनाको बहानामा संसद् अवरुद्ध गरेका छन् । जसकारण प्रदेशसभाको बैठक स्थगित भएको छ ।
सत्तारुढ दलका सांसदहरुले नै वैठक अवरुद्ध गरेपछि २० मिनेटका लागि स्थगित भएको हो । सत्तारुढ दल एमालेका सांसदहरूले पीसीआर परीक्षणको माग गर्दै वैठक अवरुद्ध गरेका हुन् ।
कोरोनाको संक्रमण दर तीव्ररूपमा फैलिएकोले परीक्षणपछि मात्र बैठक सञ्चालन गर्ने व्यवस्था मिलाउन उनीहरूले आग्रह गरेका छ्न् । बैठक सुरू हुनासाथ सांसदहरू उठेर सदन अवरुद्ध गरेका छन् ।
मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा हिजोदेखि सदनमा छलफल चलिरहेको छ । कार्यसूची सबैको सर्वसहमतिमा भएकाले बैठकमा सहभागी हुन अनुरोध गरे पनि एमाले सांसदहरूले इन्कार गरेका छन् ।




