राजनीति

प्रधानमन्त्री ओलीकै कारण काठमाडौंमा बढ्यो कोरोना संक्रमण

काठमाडौं । छिमेकी देश भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको गलत नीतिका कारण जसरी कोरोना भाइरसले तवाह मच्चाएको छ, नेपालमा त्यस्तो दृश्य देखिने दिन नजिकिँदै जान थालेको छ । प्रधानमन्त्री केपी ओलीकै कारण काठमाडौं उपत्यकामा संक्रमण दर ह्वात्तै बढेको विज्ञहरू बताउँछन् ।

कोरोना भाइरसको दोस्रो लहर सुरु भएको भन्दै सरकारले तेस्रोपटक काठमाडौंमा निषेधाज्ञा जारी गरेको छ । अन्य जिल्ला र सहरमा पनि निषेधाज्ञा लागू गर्ने क्रम सुरु भएको छ । काठमाडौं उपत्यकामा वैशाख १६ गते बिहान ६ बजेदेखि २२ गतेसम्म अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिने भएको छ ।

केही समयअघिसम्म नेपालमा कोरोना संक्रमण मृत्युदर शून्यमा झरेको थियो । संक्रमित संख्यामा पनि ५० जनासम्म आइपुगेको थियो । तर, जब नेकपा र एमालेको विवाद सडकमा आइपुग्यो अनि भिडभाड देखिन थाल्यो । एमाले र माओवादी केन्द्र ब्युँतिएपछि प्रधानमन्त्री ओलीले सडकमा भिडभाड बढाउनतिर लागे । पार्टीका आमसभा र विरोध प्रदर्शन गर्न लगाए ।

कोरोना महामारीकै बेला ओलीलाई शिलान्यास, उदघाटन मोह जाग्यो । शिलान्यास कार्यक्रममा हजारौं मानिस भेला गर्न लगाए । जसका कारण नियन्त्रणको चरणमा आइपुगेको कोरोना ओलीकै कारण बढेको हो । तैपनि प्रधानमन्त्री ओलीले उट्पट्याङ गफ दिन अझै छाडेका छैनन् ।

कहिले बेसार पानीले कोरोना भगाउँ भन्छन् त कहिले अम्बाको पात उमालेर पानी खायो भने कोरोना सोरोना चट भनेर जोक प्रस्तुत गरिरहेका छन् । देशभर अहिले अक्सिजनको अभाव हुँदै गएको छ । तर, सरकार प्रमुख कहाँ छन् भन्ने जनताले भेउ पाउन सकेका छैनन् । नेपालगन्ज, वीरगन्ज जस्ता सहर कोरोनाको हटस्पट बन्दै गएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *