रिबन

दर्दनाक छ अस्पतालकाे अवस्थाः एउटै बेडमा ३ संक्रमित

आजका पत्रपत्रिकामा बैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको खबरलाई सबैले प्राथमिकताको साथ छापेका छन् ।
अन्नपूर्ण पोस्ट्ले राजधानी १६ गतेदेखि निषेधाज्ञा शिर्षकमा मुख्य खबर छापेको छ ।
काठमाडौं उपत्यकामा यही वैशाख १६ गतेदेखि २२ गते मध्यरातसम्म अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने भएको छ।काठमाडौं , भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले आज साँझ एक आदेश जारी गर्दै अत्यावश्यक बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

त्यस्तै एउटै बेडमा ३ संक्रमित शिर्षकमा खबर छापेको छ । दिल्लीको जस्तै दर्दनाक स्थिति नेपालमा पनि देखिन थालेको छ । कोरोनाको ग्राफ हरेक दिन बढिरहेको वीरगन्जमा नारायणी अस्पतालमा बेड र अक्सिजन दुवैको अभाव हुन थालेको चिकित्सकहरुको भनाइ छ । ‘बेड र अक्सिजनको अभाव हुँदा संक्रमितको उपचार नै प्रभावित हुन थाल्यो कसलाई भन्ने ?’ उनीहरुले गुनासो गरे । सोमबार बिहान बेडको अभाव हुँदा एउटै बेडमा ३ जनासम्म संक्रमितलाई राखेर पनि उपचार गर्नु परेको डा. नीरज सिंहले बताए ।

नागरिक दैनिकले संक्रमणको चेन ब्रेक गर्न निषेधाज्ञा शिर्षकमा मुख्य खबर छापेको छ । भेरी अन्चल अस्पतालको भयानक दृश्यलाई नागरिक दैनिकले पनि स्थान दिएको छ । त्यस्तै गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङिवरूद्ध अविश्वासको प्रस्ताव टेबुल भएको खबरलाई पनि छापेको छ ।
नेपाल समाचार पत्रले अल्छि उपचार जागरिलो कोरोना शिर्षकमा मुख्य खबर छापेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण दिन दुईगुणा, रात चौगुणा बढिरहेको खबरलाई छापेको छ । सरकारले गत वर्ष तुलनात्मक रुपमा कोरोना भाइरस विरुद्ध सक्रियता देखाएपनि यो वर्ष त्यस्तो तयारी गरेको छैन ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *