काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङविरुद्ध प्रदेश सभा अधिवेशनमा अविश्वास प्रस्ताव पेस भएको छ ।
विपक्षी दलका नेता एवं कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेल नेपालीले अधिवेशनलाई सम्बोधन गर्दै अविश्वासको प्रस्ताव पेस गरेका हुन् । उनी प्रस्तावित मुख्यमन्त्री पनि हुन् ।
अधिवेशनलाई सम्बोधन गर्ने क्रममा पोखरेलले नेपालको पहिलो निर्वाचित कम्युनिस्ट प्रधानमन्त्री मनमोहन अधिकारीलाई सम्झँदै श्रद्धाञ्जली दिए । उनले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विषयलाई प्रतिगमनको संज्ञा दिए । ओलीको सो प्रतिगमनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री गुरुङले साथ र सहयोग दिएको भन्दै अविश्वासको प्रस्ताव दर्ता गर्नुपरेको स्पष्ट पारे ।
पोखरेलले गण्डकी प्रदेश सरकार असंवैधानिक रहेको जिकिर गरे । एक महिनाअघि नै गुरुङले विश्वासको मत लिनुपर्ने नलिएको भन्दै आपत्ति पनि जनाए ।




