काठमाडाैं । उपत्यकाको तीन जिल्लाका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक आज बस्दै छ । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार निषेधाज्ञा गर्ने वा अन्य विकल्प अपनाउनेबारे बैठकमा छलफल हुने काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीले जानकारी दिए ।
काठमाडौं उपत्यकामा बुधबारदेखि निषेधाज्ञा जारी गर्ने सरकारले तयारी गरेको छ । सीसीएमसीले शहरमा ५०० जना भन्दा धेरै कोरोना संक्रमित भेटिए बुधबारदेखि निषेधाज्ञा गर्न सिफरिस गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) सहित देशका ९ जिल्लामा सक्रिय संक्रमितको संख्या आइतबारै ५ सय नाघिसकेका छन्।




