आजको पत्रपत्रिकामा सीसीएसीकोे निर्णय लगाएत देशभर कोरोना संक्रमण बढेको खबरलाई सबै पत्रिकाले स्थान दिएको छ ।
नागरिक दैनिक कोरोना संक्रमणको दाेस्रो लहरः तीन दिनमा ७२ जनाको मृत्यु शिर्षकमा देशभर कोरोना कहरको भयावह स्थिति देखा परेको छ । भेरी अस्पतालमा विरामीको चाप थेग्नै गारो भएको खबरलाई पनि नागरिकले पहिलो पेजमा छापेको छ ।त्यस्तै कांग्रेस महाधिबेशन फेरि अन्यौलमा भएको खबरलाई पनि नागरिकले पहिलो पेजमा छापेको छ ।
अन्नपूर्णले भारतको एक दर्दनाक तस्वीरलाई समाचार सहित पहिलो पेजमा छापेको छ । दैनिक मृत्युको संख्या बढ्दा लाश पोल्ने ठाउँको अभावमा खुला ठाउँमा सयौं लाश पालेको दर्दनाक दृश्य तस्वीरमा छ । नेपालका पनि औषत प्रत्येक घन्टा कोरोना संक्रमिततको ज्यान जान थालेको समाचार छ । मुलुकभर कोरोना भाइरस संक्रमण उच्च दरमा वृद्धि भइरहेका बेला मृत्युदर पनि बढेको छ। नेपालमा औसतमा प्रत्येक घण्टामा ज्यान जान थालेको छ। पछिल्लो २४ घण्टामा आइतबार २८ जनाको मृत्यु भएको छ। जसमा सबैभन्दा बढी बाँकेका ६ जना छन्।
राजधानी दैनिकले एमाले एक्सनः सरकारविरुद्ध लागे सिधैं कारबाही शिर्षकमा खबरब छापेको छ । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले०ले आफ्नै सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने भएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको १०औं महाधिवेशन आयोजक कमिटीको बैठकले सरकारविरुद्ध लाग्ने सांसदलाई कारबाही गर्ने जिम्मेवारी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र स्थायी कमिटीलाई दिएको छ ।




