रिबन

कोरोना कहरः गम्भीर बिरामीलाई बचाउनै मुस्किल

आजको सबै पत्रिकामा धरहरा उद्घाटनको तस्वीरसहितका समाचार छन् भने गोरखा भूकम्पको सम्झनाबारे पनि सबै पत्रिकामा समाचार छ ।

नागरिक दैनिकले टेकु अस्पताल, चौधरी र खातुन नागरिक नायक बनेको खबर छापेको छ भने दोस्रो लहरको कोरोना कहरः गम्भीर बिरामीलाई बचाउनै मुस्किल शिर्षकमा मुख्य समाचार छ । हाल अस्पताल पुगेका बिरामीलाई पहिलो लहरमा प्रयोग गरिएका औषधि तथा उपचार पद्धतिहरू रेमडिसिभिर, प्लाज्मा थेरापी, अक्सिजन थेरापी कुनै पनि उपायले निको पार्न नसक्ने स्थिति सिर्जना भएको स्वास्थ्य आपत्कालीन केन्द्रका संयोजक तथा मन्त्रालयका प्रवक्ता डा। समीरकुमार अधिकारीले बताए ।

अन्नपूर्ण पोस्ट्ले पुननिर्माण सन्तोषजनक शिर्षकमा पहिलो पेजमा मुख्य खबर छापेको छ । विनाशकारी भूकम्पको ६ वर्ष पूरा भएको छ। यो अवधिमा पुनर्निर्माण तथा पुनःस्थापना कार्य सम्पन्न नभए पनि ‘सन्तोषजनक उपलब्धि’ हासिल भएको सरकारी पक्षको दाबी छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार निजी आवास पुनर्निर्माण ९३ प्रतिशत सम्पन्न भएको छ। अनुदान सम्झौता गरेका ८ लाख ११ हजार ७ सय ५४ लाभग्राहीमध्ये घर पुनर्निर्माण गरेकाको संख्या ७ लाख ५३ हजार १ सय ४ पुगेको छ।
लकडाउन समाधान हैन स्वास्थ्य मापदण्ड पालना गरौँः प्रधानमन्त्री ओली शिर्षकमा अर्को समाचार छ । प्रम ओलीले स्वास्थ्य मापदण्ड पालना नभएको आपत्ती प्रकट गरेका छन् ।
नेपाल समाचार पत्रले भूकम्पपछि बलियो धरहरा शिर्षक

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *