कला/साहित्य

सिजो कविता

१,
पल्टाए इतिहास सालिकको साक्षी राख्दै
लडेका थिए युद्ध रगताम्य रणभूमी
साहासी योद्धाहरुको आटलाई सलाम ।
२,
मान्छेको आत्मा पनि कपासको भुवासरी
आजको दिनसम्म धर्म प्राप्ति बाँचेसरी
प्रलय दैवीप्रकोप आफै भित्र छिर्दछ ।
३,
खोजेको तिमीबाट सहयोग पाउँ भन्दै
आपत्ति देखा पर्दा माया गर्ने आफ्नै मान्छे
निस्ठुरी भएकी तिमी रित्तो हात फर्किए ।
४,
डरले सातो गयो मुटु छाम्दा ढुकढुक
समाल्नै गाह्रो भयो आफ्नो ब्यथा सम्झिएर
चिम्लेर सोचिरहँदा आफैदेखि तर्सेछु ।
५,
मायाको मनभित्र लुक्नखोज्दा मनै रित्ता
फाटेको मायालाई सिलाउनै गाह्रो भयो
जिन्दगी अधुरो हुँदा आफैलाई धकेल्ने ।
६,
जवानी पोख्न पनि ठाम हेरि लुक्नुपर्छ
एक्लैले आँट गर्दा घिसारिन्न रात पनि
मिलेर लछार्न थाल्दा हावा पनि पग्लिन्छ ।
७,
लाजले निहुरिएँ सातो पुत्लो गइहाल्छ
बिर्सन नसकिदा माया बढ्यो रिसाएछु
तर्सिन्छ छोपेर टाटाे पन्छाएर आफैले ।
८,
जन्मेथें मातृभूमी कर्म गर्दै इमान्दार
मातृत्व जगाउन मिलिजुली बस्नैपर्छ
नेपाल भूमिको माया सबै मिलि गरेको ।
९,
सस्कार भुल्न हुन्न बौद्धिकता जागेपछि
क्षणिक संसारिक सपनामा भुल्दा भुल्दै
माटाेको माया सम्झेर कर्म गर भुमिमा ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *