१,
धमिलो मन
धाराको सङ्लो पानी
पोखरीमा खसाल्दा ।
२,
टिप्न चढेथेँ
हाँगाको बाटो छेक्दा
मर्केको दुब्लो खुट्टाे ।
३,
हातमा देखेँ
हत्केला नै बलेको
खोज्दैमा रात बित्यो ।
४,
आगोको मुस्लो
झस्क्यो सेतो कपाल
सपना खुम्च्याउँदै ।
५,
थाकेको रात
आँखा झोल्लिन थाल्दा
हल्लिँदै मस्किएको ।
६,
बुढी भइछ्यौ
सपनाले जिस्कायो
माझेको सफा दीयो ।




