राजनीति

फागुनभित्रै स्थानीय चुनाव: प्रम ओली

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले फागुनभित्रै स्थानीय तहको चुनाव हुने घोषणा गरेका छन् । उनले चुनावको तयारीमा जुट्न नेता कार्यकर्तालाई निर्देशनसमेत दिए । बालुवाटारमा आज बसेको महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्ने क्रममा ओलीले यस्तो निर्देशन दिएका हुन्।

फागुनभित्रै स्थानीय तहको चुनाव हुने भएकाले सबै कमिटीहरु परिचालित गर्न ओलीले निर्देशन दिएका हुन्। ओलीले कोरोना महामारीबाट जोगिन र आमनागरिकलाई बचाउने अभियानमा पार्टी पंक्ति परिचालित हुन पनि निर्देशन दिएका छन् ।

उनले पार्टी एकता बचाउन र पार्टीलाई सुदृढ गर्न आफू दिनरात खटे पनि केही व्यक्तिहरू अराजक ढंगले लागेको बताए। ओलीले भने,–‘अहिले पनि केही व्यक्तिहरू अराजक ढंगले लागेका छन् । पार्टीकै नेताहरूविरुद्ध विष वमन गर्ने, सरकारको आलोचना गर्ने, आन्दोलनका इमानदार पंक्तिलाई बदनाम गराउन समाप्त गर्ने हिसाबले लागेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *