राजनीति

एमालेको महाधिवेशन आयोजक कमिटी बैठक बालुवाटरमा जारी

काठमाडौं । नेकपा एमालेको महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटरमा सुरु भएको छ । बैठकमा माधव नेपाल भने उपस्थित छैनन । नेपाल प्रदशे २ को कार्यक्रमा व्यस्त छन । उनी पक्षीय नेताहरु पनि बैठकमा उपस्थित छैनन ।

आजको बैठकले स्पष्टीकरण सोधिएका ३२ जना सांसदमाथि कारवाही, कार्यविभाजन, उपनिर्वाचन, प्रदेश सरकार लगायतका विषयमा निर्णय गर्ने एमालेको तयारी छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बैशाख ६ गते पार्टी निर्णय गराएर पार्टीभित्र समनान्तर गतिविधि गरेको भन्दै माधवकुमार नेपाल सहित २७ जना संघीय सांसद र ५ जना प्रदेश संसद गरी ३२ जनालाई स्पष्टिकरण सोधेका थिए । स्पष्टीकरणप्रति चित्त नबुझे उनीहरुलाई कारवाहीको निर्णय गर्ने एमालेको तयारी छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *