विश्व

भारतको मुम्बईस्थित कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ को मृत्यु

एजेन्सी । भारतको मुम्बईस्थित कोरोना विशेष अस्पतालमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । मुम्बईको विरारस्थित विजय वल्लभ अस्पतालको आईसीयू वार्डमा आगलागी भएको भारतीय मिडियाले जनाएका छन् ।

शुक्रबार बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो । आईसीयुमा १७ जना विरामी उपचाररत थिए । आगलागीको कारण खुलेको छैन ।

केही दिनअघि महाराष्ट्रको नासिकमा अक्सिजन चुहावट हुँदा २४ जना कोरोना संक्रमितको मृत्यु भएको थियो । अहिले भारतका अस्पतालमा कोरोना संक्रमितको भिड बढेको छ । भारतमा दैनिक सवा तीन लाख संक्रमित थपिँदै गएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *