आजका पत्रपत्रिमा एमाले अध्यक्ष ओली र बरिष्ठ नेता नेपालबीचको वार्ताबारे सबै पत्रिका खबर छ । भने बढ्दो कोरोना कहरबारे पनि सबै पत्रिकामा खबर छ । राजधानी दैनिकले भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल भएको खबरलाई छापेको छ । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २ प्रतिशत गम्भीर प्रकृतिका छन् । उनीहरूको भेन्टिलेटर र आईसीयूमा उपचार भइरहेको छ ।
अन्नपूर्ण पोस्ट्ले भूईमै उपचार शिर्षकमा कोरोना कहरबारे समाचार छापेको छ । दाङमा कोरोना संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड अभाव हुन थालेको छ । दाङको बेलझुन्डीस्थित लुम्बिनी प्रदेशस्तरीय कोरोना विशेष अस्पतालमा बेड अभाव हुँदा कतिपय बिरामी भुइँमा बसेर उपचाररत छन्। यहाँ भएका बेड संक्रमितले भरिभराउ भए पनि उपचारको अर्को व्यवस्था हुन सकेको छैन।
मिल्लान् ओली नेपाल ? शिर्षकमा अर्को खबर छापेको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले वार्तास्थलबाट ओली र नेपाल सँगै उभिएर नवनिर्मित धरहरा हेरिरहेको तस्बिर सार्वजनिक गरे नेता, कार्यकर्ताले सामाजिक सञ्जालमा ‘आशाको दियो बलेको’ टिप्पणी गरे। तर, करिब डेढ घण्टा चलेको वार्तापछि नेता नेपालले दिएको प्रतिक्रिया भने आशा जगाउने खालको थिएन।
नागरिक दैनिकले यो खबरलाइ ओली नेपालको आफ्नो आफ्नै अडान शिर्षकमा छापेको छ । भने नेपालसमाचार पत्रले निष्कर्षमा पुगेन ओली–नेपाल दोस्रो वार्ता शिर्षकमा छापेको छ ।




