काठमाडाै । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिँदै आएको समर्थन फिर्ताको निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाललाई दिएको छ ।
पार्टी कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले समर्थन फिर्ताको निर्णय गर्ने अधिकार पुष्पकमल दाहाललाई दिएको नेता नारायण काजी श्रष्ठले जानकारी दिए । उनका अनुसार अब प्रचण्डले ओली सरकारलाई दिँदै आएको समर्थन कुनैपनि बेला गर्न सक्नेछन् ।




