काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारमा २ घण्टा छलफल फर्केका छन् । लुम्बिनी प्रदेश सरकारमा जसपाका ४ नेता सहभागी भएको भोलिपल्ट अर्थात् अध्यक्ष ठाकुरले चार शीर्ष नेतासहित प्रधानमन्त्री ओलीसँग २ घन्टा छलफल गरेका हुन् ।
छलफलमा ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, सांसद लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल सहभागी थिए। प्रधानमन्त्रीसँगको भेटबारे सांसद कर्णले भने, ‘मधेश र थरुहट आन्दोलनका क्रममा जसपा नेतामाथि लागेको मुद्दा फिर्ता लिनेबारे छलफल भयो। प्रधानमन्त्रीले २÷४ दिनभित्रै सबै काम हुन्छ भन्नुभयो। अन्य कुनै सहमति भएको छैन।’
यदि २÷४ दिनभित्रै माग पूरा भए ओली सरकारलाई समर्थन गरेर जान सकिने अवस्था बन्ने उनले बताए। ठाकुरका स्वकीय सचिव सत्येन्द्र यादवले जसपाको माग सम्बोधनकै विषयमा कुरा भएको जानकारी दिए।




