काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन यथावत् राखेको छ । माओवादी केन्द्र स्थायी कमिटीको मंगलबार बसेको बैठकले समर्थन फिर्ता लिने निर्णय नगरेको नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘आज निर्णय भएन,’ उनले संवाददाताहरुसित पार्टी कार्यालय पेरिसडाँडामा भने, ‘भोलिको बैठकमा छलफल हुन्छ ।’
श्रेष्ठले कांग्रेससहितका दलहरु मिलेर छिट्टै अविश्वासको प्रस्ताव राख्ने दाबी गरे । माओवादी केन्द्रको अर्को बैठक बुधबार दिउँसो १ बजे पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ ।




