काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव दर्ता भएको छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध सोमबार अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। नयाँ मुख्यमन्त्रीमा कुलप्रसाद केसीको नाम प्रस्ताव गरिएको छ ।
आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने सुइँको पाएपछि मुख्यमन्त्री पोखरेलले केही समयअघि नै प्रदेश सभाको चालू अधिवेशन अन्त्य गरेका थिए । अब जुनसुकै बेला बस्ने लुम्बिनी प्रदेश सभा बैठकमा अविश्वासको प्रस्तावबारे छलफल भई निर्णयार्थ पेस हुने छ ।




