राजनीति

मन्त्रिपरिषद बैठक सम्पन्न : संसदको हिउदे अधिवेशन अन्त्य गर्ने निर्णय

काठमाडौं । मन्त्रिपरिषद बैठकले संसदको हिउँदे अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार विहान बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन अन्त्यको सिफारिस राष्ट्रपति समक्ष गर्ने निर्णय गरेको हो ।

सरकारले सोमबार दिउसो १ बजेबाट बजेट अधिवेशन अत्य गर्ने निर्णय गरेको छ । बजेट अधिवेशन बोलाउन हिउदे अधिवेशनको अन्त्य गरेकाे हाे । बजेट अधिवेशनको मिति पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नै तोक्ने व्यवस्था छ । जेठ १५ गते बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते विघटन गरेको संसदलाई पुनस्र्थापना गर्न सर्वोच्च अदालतले फागुन ११ गते आदेश दिएपछि फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *