काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न माओवादी केन्द्रले सोमबारका लागि स्थायी समितिको बैठक बोलाइएको जनाइएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार समसामयिक राजनीतिक विषय र पार्टीको आगामी योजनाबारे छलफल गर्न बैठक बोलाइएको हो।
तर पछिल्लो घटनाक्रम अनुसार प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता गरेर कांग्रेससँग मिलेर सरकारका बनाउन चाहन्छन् । सभापति शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन फिर्ता नभएसम्म सरकारको विकल्प नसोचिने स्पष्ट पारेपछि माओवादी अब कसरी अगाडी बढ्ने भन्नेबारे छलफल गर्दै छ ।




