काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दै छ । आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा मुख्यगरी १४ औं महाधिवेशनका तयारी, क्रियाशील सदस्यता वितरण तथा नवीकरणका लागि म्याद थप र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुँदैछ।
कांग्रेसले चैत ३० गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो। त्यसबेला वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइको निधनपछि स्थगित केन्द्रीय समिति बैठक आज बस्न लागेको हो।




