काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । प्रम ओलीले शनिबार बिहान ११ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने गरी बैठक बोलाएका थिए।
समसामयिक राजनीतिक घटनाक्रमका विषयमा दलहरुको धारणा बुझ्न प्रधानमन्त्रीले बैठक डाकेको उनका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए। साथै आजको बैठकमा बढ्दो कोरोना संक्रमणलाई नियन्त्रण गर्ने उपायहरुबारे पनि छलफल हुने बताइएको छ ।




