काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका छन । अविश्वासको प्रस्तावको पक्षमा १५ सांसदले हस्ताक्षर गरे भने विपक्षमा माओवादी, कांग्रेस र एमाले नेपाल समूहका चार गरेर २२ सांसदले हस्ताक्षर गरेका हुन् ।
शुक्रबार प्रदेशसभामा विश्वासको मत लिएका शाहीलाई एमालेका मध्ये चार सांसदले फ्लोर क्रस गरेपछि शाहीको पद जोगिएको हो । मुख्यमन्त्री शाहीलाई कांग्रेसका ६ र एमाले माधव नेपाल समूहका चार सांसदले साथ दिएपछि अविश्वासको प्रस्ताव फेल भएको हो ।कर्णालीमा माधव नेपाल पक्षीय एमाले सांसदहरु प्रकाश ज्वाला, अमर थापा, कुर्मराज शाही र नन्दसिङ बुढाले फ्लोर क्रस गरेका थिए । उनीहरुलाई एमालेले कारबाहीको तयारी गरेको छ ।
कर्णाली प्रदेशसमा सभामुखसहित एमालेका २०, माओवादी केन्द्रका १२ र कांग्रेसका ६ र राप्रपाका एक गरी ३९ सांसद छन् ।




