काठमाडौं । कर्णाली प्रदेश एमाले संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मत हाल्न आफ्ना सांसदलाई ह्विप जारी गर्ने भएको छ । त्यसका लागि शुक्रबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाइएको छ ।
मुख्यमन्त्री शाहीले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने कार्यसूची छ । एमाले संसदीय दलका नेता यमलाल कँडेलका अनुसार ११ बजे बस्ने बैठकले मुख्यमन्त्री शाहीको विपक्षमा मतदान गर्ने औपचारिक निर्णय गर्दैछ ।
दिउँसो २ बजेका लागि आह्वान गरिएको प्रदेशसभा बैठकअघि एमालेले नयाँ सरकार बनाउने नीतिका साथ प्रस्तुत हुन आफ्ना सांसदहरुलाई निर्देशन दिने कँडेलले बताएका छन् । प्रदेश सभाको ठूलो दल एमालेले प्रदेश सरकार गठनका लागि दावी गरेको छ । एमालेले आफ्नै एकल सरकार बनाउन सक्ने सांसद ऊसँग छ । त्यसैले आज शाहीले विश्वासको मत लिन नसके उनी स्वतः पदमुक्त हुनेछन् । र, ठूलो दलको हैसियतले एमाले संसदीय दलका नेता कँडेल मुख्यमन्त्री बन्ने छन् ।




