काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर कार्यदलका सदस्यसचिव प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गर्न बालुवाटार छिरेका छन् । जसपाका अर्का अध्यक्ष डा. बाबुराम भट्टराईले सत्तासमीकरणका लागि नेपाली कांग्रेस र माओवादीसँग वार्ता गरिरहेका बेला अध्यक्ष ठाकुर प्रधानमन्त्री ओलीसँग पार्टीको माग पूरा गराउन कार्यदलसहित बालुवाटार छिरेका हुन् ।
आजै कार्यदलको बैठक
भेटमा सकारात्मक कुराकानी भएको कार्यदलका सदस्य डा. राजन भट्टराईले जानकारी दिए । जसपाले उठाउँदै आएका मागका सम्बन्धमा ठाकुरले प्रधानमन्त्रीसँग जिज्ञासा राखेका थिए । जसपाले उठाउँदै आएका मागका सम्वन्धमा सरकारले प्रक्रिया अघि बढाएको बताएका थिए ।
कार्यदलको बैठक आजै साँझ ५ बस्दैछ । कार्यदलले जसपाले उठाउँदै आएका सांसद रेशम चौधरी लगायतका राजवन्दी रिहाई, संविधान संशोधन लगायतका विषयमा छलफल गरिरहेको छ । कार्यदलमा एमालेको तर्फबाट संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण छन् ।




