काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई लिएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठ पुगेका थिए । आफूलाई प्रधानमन्त्री पदमा समर्थन गर्ने प्रस्ताव लिएर डा. भट्टराई देउवा निवास पुगेको बताइएको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाले बूढानीलकण्ठस्थित देउवा निवासमा भएको भेटवार्तामा सत्ता समीकरणमा विषयमा छलफल भएको बताए ।
सत्ता समीकरणकै विषयमा छलफल गर्न देउवाले यसअघि शुक्रबार काँग्रेस, माओवादी र जसपाबीच संयुक्त बैठक राखेका थिए । सो बैठकमा देउवाले काँग्रेसको नेतृत्व नयाँ सरकार निर्माणका लागि माओवादी र जसपासामु प्रस्ताव समेत रोखेको थियो ।




