राजनीति

फेरि सर्‍याे कांग्रेस केन्द्रीय कार्य समिति बैठक, अर्को बैठक बैशाख ५ मा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बैशाख ५ गते बस्ने भएको छ । आज बस्ने भनिएको केन्द्रीय समिति बैठक बैशाख ५ गतेसम्मका लागि स्थगित भएको हो । योसँगै केन्द्रीय कार्यसमिति बैठक सरेको दुई पटक भइसकेको छ ।

पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार कांग्रेस केन्द्रीय समिति बैठक बैशाख ५ गते आइतबार दिनको २ बजे बस्ने छ । मुख्य सचिव पौडेलद्वारा जारी विज्ञप्तीमा आज बस्ने भनिएको बैठक ५ गते बस्ने उल्लेख भएपनि बैठक ५ गते सम्मका लागि सर्नुको कारण भने खुलाइएको छैन ।

आजै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका भाइ गोविन्दराज पौडेलको देहवशान भएका करण बैठक प्रभावित भएको बताइएको छ ।

  • यसअघिकाे समाचारमा अन्यथा हुन गएकाेमा सच्चाइएकाे छ । पाठक वर्गमा पर्न गएकाे असुविधाप्रति क्षमायाचना गरिन्छः सम्पादक

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *