राजनीति

‘तिम्रो समर्थन चाहिएको छैन, फिर्ता लैजाउ !’

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूलाई माओवादी केन्द्रको समर्थन नचाहिएको भन्दै फिर्ता लैजान सुझाव दिएका छन् । राजधानी काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘समर्थन फिर्ता लैजाउ । किन समर्थन गरिहेको ? बहुमतको सरकारले किन राजिनामा दिने । चाहिएको छैन तिम्रो समर्थन । फिर्ता लैजाउ ।’

प्रधानमन्त्री ओलीले आफ्नो राजिनामा मागेकोमा आपत्ति जनाउँदै भने, ‘मेरो सरकार बहुमतको हो । जुन सरकारसँग बहुमत छ, उसले किन राजिनामा दिने ?’ माधव नेपालले पार्टी फुटाउन खोजेको आरोप लगाउँदै ओलीले माधव नेपालले अब कहिँबाट चुनाव जित्न नसक्ने ठोकुवा गरे ।

नेपालले टिकट त बाँड्लान् तर एकजना पनि जित्दैनन् भन्दै उनले भने, ‘टिकट त बसपार्कमा बाँढेको बाढ्यै छ नि ! माधव नेपालले टिकट बाँढ्न सक्नुहुन्छ तर सांसद एकजना पनि बनाउन सक्नुहुन्न, उहाँ आफै जित्नुहुन्न ।’

आत्मालोचना गरेर आउन आग्रह गर्दै उनले भने, ‘गल्ती महसुस गरेर आउनुस् । बिना भेदभाव काम गर्न दिन्छु । तर गूटबन्दी हुँदैन, चल्दैन । समूहगत रुपमा कुरा गरिन्न् । व्यक्तिगत रुपमा व्यवहार गरिन्छ । माधव नेपालजी पार्टीमा आएर काम गर्छु भन्नु हुन्छ भने काम गर्नुस् । तर आत्मालोचना गरेर मात्रै ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *