राजनीति

सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध संघर्षरत शक्ति मिलेर सरकार बनाउनु पर्छ : प्रचण्ड


चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताएका छन । आफ्नो निर्वाचन क्षेत्रमा आएका दाहालले पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताए ।    

संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उनले भने, “जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ ।” प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताए । उनले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिए । उनले भने “कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ ।”    

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *