काठमाडौ ।माओवादी केन्द्रका मन्त्रीको राजीनामापछि गण्डकी प्रदेश सरकार सङ्कटमा परेका छ । यो सगै राष्टिय जनमार्चा नयां सरकार गठनमा निर्णायक बन्ने भएको छ । माओवादी केन्द्रका दुई मन्त्रीले बुधबार राजीनामा दिएसँगै सरकार अल्पमतमा परेको हो ।
६० सदस्यीय गण्डकी प्रदेशसभामा एमालेका २७ सांसद छन् । स्वतन्त्रमा मनाङ ‘ख’ बाट निर्वाचित दिपक मनाङेले एमाले निकट मानिन्छन् । योसहित एमालेका सांसद संख्या २८ हुन्छ । प्रदेशसभामा माओवादी केन्द्रका १२, काँग्रेसका १५, राष्ट्रिय जनमोर्चाका ३, जनता समाजवादी पार्टीका २ सांसद छन् ।
मुख्यमन्त्री सरकार जोगाउनका लागि कम्तीमा ३१ मत आवश्यक पर्छ । त्यसैले मुख्यमन्त्री गुरुङले ३ सांसद रहेको राष्ट्रिय जनमोर्चा नेपाललाई विश्वासमा लिन प्रयास गरिरहेका छन् । तर केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीको कदमको विरुद्ध रहेकाले राष्टिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुख्यमन्त्री गुरुङलाई समर्थन नगर्ने सकेंत गरेका छन् । गण्डकी प्रदेशमा नयाँ सत्ता समीकरणका लागि काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र जनता समाजवादी दलबीच सहकार्य आवश्यक पर्छ र्। गुरुङले जनमार्चालाई रिझाउन नसकेका अवस्थामा अन्य काग्रेस वा माओवादीको नेतृत्वमा नयां सरकार बन्ने निश्चित छ ।
मुख्यमन्त्री गुरुङको सरकार जोगाउनका लागि राष्ट्रिय जनमोर्चा, काँग्रेस वा माओवादी केन्द्रमध्ये एकले समर्थन गर्नुपर्छ । तर हालसम्म राष्ट्रिय जनमोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छैन । तर प्रमुख प्रतिपक्ष काँग्रेस र माओवादी भने जनमोर्चालाई साथमा लिएर सरकार ढाल्ने योजनामा छन् ।




