राजनीति

वैकल्पिक सरकार संसदको अंकगणितमा निर्भर रहन्छ : सहमहामन्त्री डा. महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) निःसर्त वैकल्पिक सरकार गठन गर्न तयार भए कांग्रेसले सरकारको नेतृत्व लिने बताएका छन् । नयाँ वर्ष २०७८ सालको पूर्वसन्ध्यामा आयोजित शुभकामना आदान–प्रदान तथा एन्जिलीना शिवशक्ति ट्रष्ट शुभारम्भ समारोह डा. महतले भने कांग्रेस जसरी पनि सरकार बनाउनु पर्छ भन्ने पक्षमा छैन, निःसर्त माओवादी र जसपा ओली सरकारको विकल्प खोज्न तयार भए कांग्रेसले सरकारको नेतृत्व लिन्छ ।

कार्यक्रमका प्रमुख अतिथि डा.महतले वैकल्पिक सरकार संसदको अंकगणितमा निर्भर रहेको बताए । वैकल्पिक सरकार गठनमा विवेक पुर्याउन सकेमात्र आगामी निर्वाचनमा कांग्रेस एक्लै सरकार बनाउन सक्षम हुने डा.महतले बताए । चुनाव आउन अब डेढ वर्ष बाँकी रहे पनि त्योभन्दा अघि नै चुनाव हुने सम्भावना रहेकाले निर्वाचनको तयारीमा लाग्न डा. महतले नेता कार्यकर्तालाई आग्रह गरे ।

व्यक्ति केन्द्रित राजनीतिबाट माथि उठेर पार्टी केन्द्रित राजनीतिमा प्रवेश गर्न आग्रह गर्दै डा.महतले भने विचार, विधान, विधि, पद्धति र संगठनको पक्षमा लाग्नुहोस र स्वाभिमानी कांग्रेस बन्नु होस ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *