राजनीति

अब केही दिनमा नयाँ सरकार बन्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार धेरै दिन नरहने बताएका छन् । शनिवार काठमाडौंमा निजामति ट्रेड युनियनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले ओलीलाई सरकार बाट फालेर नयाँ सरकार बनाउन आफु हर क्षण लागि परेको बताउँदै अब केहि दिनमा नै देशले नयाँ सरकार पाउँने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले पार्टिबाटै हटाइएको मान्छेलाई अदालतले अनौठो निर्णय गरेर प्रधानमन्त्री मै कायम राखिदिएको बताएका छन् । करिब ७० प्रतिशत केन्द्रिय सदस्यले कारबाहि गरेको मान्छेले अनेक सेटिङ्ग गरेर प्रधानमन्त्रीमै रहिरहने बाटो बनाएको जनाएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *