कला/साहित्य

हाइकु


१,
आँखा चिम्लिँदा
अनुहार देखिने
छोपेको मात्र ।
२,
भित्रै सम्झिँदा
आँखा नै तलमाथि
हुर्केको काप ।
३,
हेर्नै नहुने
नाकको प्वाल थुन्दा
कान चुहियो ।
४,
बूढो पीपल
हल्लिएको आवाज
पात झरेछ ।
५,
भोग दिएको
भूइँभरि रगत
जिउँदो बलि।
६,
ठेक्का लिउँला
यौवन हेर्न पाए
पुरानो पर्ला ।
७,
हेरिरहँदा
तिमीभित्र घुसेछ
आँखाको नानी ।
८,
रसिलो हावा
तल झरेको पानी
फिँज उठेछ ।
९,
छोएको थिएँ
छातीमाथि बादल
मडारिँदा पो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *