काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको बताएका छन्। देउवाले शुक्रबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोल्दै ओलीबाट कब्जाको कोसिस भइरहेकाले उनले चाहेर पनि सत्ता कब्जा नहुने बताए ।
त्यस्तै उनले प्रधानमन्त्री ओलीलाई हटाउन सबै लाग्नुपर्ने बताए। देउवाले चुनावमा जानुपर्ने स्थिति पनि आउन सक्ने भएकोले तयार रहन आग्रह गरेका थिए।
‘चुनावमा त हामी जानैपर्छ। चुनावमा जाने बाध्यता हुन सक्छ,’ उनले भने, ‘जनता मालिक हो। जनताको घरदैलोमा पुगौं। जनताको दिल जितेपछि चुनाव जितिन्छ।’
जनताले भोट नदिएकैले गएको निर्वाचनमा कांग्रेसले हारेको उनले बताए। यस अघिको केन्द्रीय समितीको बैठकपछि काग्रेसले ओलीलाई हटाउनु पर्ने भन्दै नयाँ सरकार गठनको पहल गरिरेको छ ।




