रिबन

ओली लोकतन्त्रको भर्‍याङबाट सर्वसत्तावादको धुरी चढे : पाैडेल

काठमाडाै । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको भर्‍याङबाट सर्वसत्तावादको धुरी चढेको बताएका छन् । शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघ केन्द्रीय कार्यसमितिद्वारा ओयोजित भेलामा बोल्दै उनले प्रधानमन्त्री ओलीको संवैधानिक परिषद्लाई एकलौटी बनाउने कदमलाई सर्वसत्तावादको धुरीमा पुग्ने बाटो भएको बताएका हुन्।

प्रधानमन्त्रीले सबै भन्दा ठूलो संस्था संवैधानिक परिषदलाई एकलौटी निजि बनाउने कदम चालेका भन्दै उनले
प्रधानमन्त्री को लोकतन्त्रप्रतिको दृष्टिकोण छर्लङग भएको बताए । पौडेलले ओलीले संविधानले गरेको पलिकल्पनालाई मिच्दै लोकतन्त्रको सहारामा सर्वसत्तावादको धुरी चढ्दै गरेको
बताए । त्यस्तै उनले अहिलेको सत्ता निरंकुश भएर अघि बढिरहेको सत्ताको विकल्प खोज्नु पर्ने बताए।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *