आजको पत्रपत्रिकामा फरक फरक विषयबस्तलाई स्थान दिइएको छ । माओवादी केन्द्रले चार सासंद्लाई गरेको कारवाहीकोबारेमा सबै पत्रिकामा प्राथमिकता पाएका छन् ।
नागरिक दैनिकले बन्दाबन्दैको पुल गर्ल्याम्म शिर्षकमा आवरण कथा छापेकोे छ । चितवनको ठिमुरा र तनहुँको देवघाट गाउँपालिका–५ घिनाघाट जोड्नेगरि त्रिशुली नदिमाथि निर्माणाधिन पक्कि मोटरेवल पुल गएराती भत्किएको छ । एकमहिना अघि ढलान भएको पुलको चिवतन पट्टिको खण्ड भत्किएको हो । सो पुल १९ करोड लगानीमा बन्द्र थियो। यो खबरलाई सबै पत्रिकाले छापेको छन्।
त्यस्तै कर्णाली सरकारकाबाट एमाले बाहिरिएको खबरलाई पनि सबै पत्रिकाले पहिलो पेजमा स्थान दिएका छन् । पार्टीको निर्णयअनुसार माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकारबाट एमालेका तीन मन्त्रीले राजीनामा दिएका छन् । नागरिक लेख्छ, मंगलबार पत्रकार सम्मेलनमार्फत राजीनामा दिनेमा आर्थिक मामिला मन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा रहेका छन् । उनीहरुले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामा बुझाएका हुन् ।
त्यस्तै राजधानी दैनिकले निजामती सेवा विधेयकले संघीयताको मर्ममाथि प्रहार गरेको आरोप खबरलाई प्राथमिकता दिएको छ । प्रतिनिधि सभामा सोमबार पेस संघीय निजामती सेवा विधेयक विवादित बनेको छ । विधेयकमा व्यवस्था भएका कतिपय प्रावधानले संघ, प्रदेश र स्थानीय तहबीचकै सम्बन्ध तोड्ने विज्ञले दाबी गरेका छन् ।
अन्नपूर्ण पोस्ट्ले पनि चितवनमा निर्माणधीन पलु भत्किएको खबरलाई तस्वीरसहित प्रकाशित गरेको छ । त्यस्तै फेरि त्रासमा पर्यटन शिर्षकमा लामो लकडाउन र कोरोना महामारीपछि नेपालको पर्यटन व्यवसाय खुल्न थालेको छ तर फेरि कोरोना संक्रमित दिनानुदिन बढिरहेकोले पर्यटन क्षेत्र त्रासमा देखिएको खबर छ ।
नेपाल समाचार पत्रले माओवादी केन्द्रले कारवाही गरेको चार सांसद्को मन्त्री पद पनि गुम्ने खबरलाई पहिलो पेजमा छापेको छ । साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएपनि कानुनत मंगलबार देखि नै उनीहरुको मन्त्री पद गुम्ने समाचारमा उल्लेख छ ।




