राजनीति

फेरि एक पटक हामी सत्ता कब्जा गर्ने ठाउँमा पुग्छौं: प्रचण्ड

काठमाडौं । फेरि एक पटक माओवादी पार्टी सत्ता कब्जा गर्ने ठाउँमा पुग्ने नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बताएका छन् । मंगलबार रुकुममा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले यस्तो बताएका हुन् । उनले आफू कहिल्यै नझुक्ने प्रण पनि गरे ।

१३ वर्षपछि रुकुम पुगेका प्रचण्डले आफूले योभन्दा अगाडि धेरै गल्ती तथा कमिकमजोरी गरेको र अब त्यसलाई सच्याएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन् । आफू काठमाडौँमा हुँदा पनि कहिल्यै नझुकेको भन्दै रुकुमेली जनताको उर्जा र सहभागिताले आफू झन ऊर्जावान भएको बताए ।

उनले रुकुमेली जनतासँग आत्माआलोचना गर्दै आफूले केही मानिसलाई अगाडि बढाएर गल्ती गरेको बताए । आफू अब त्यस्तो गल्ती नगर्ने र आन्दोलन र संगठनमा निरन्तर लाग्ने मानिसलाई मात्र आफूले प्राथमिकता दिने प्रतिवद्धता जनाएका छन् । उनले केही जनआधार नभएको र आफूमाथि नै बम हान्ने बादल जस्ता मानिसलाई आगाडि बढाएर गल्ती गरेको बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *