रिबन

संसदमा आरोप–प्रत्यारोप सांसदद्वारा सरकारको आलोचना

आजका पत्रपत्रिकामा विभिन्न विषयले स्थान पाएका छन् । सोमबारबाट फेरि बढेको वायु प्रदुषणले सबै पत्रिकामा स्थान पाएका छन् ।
नागरिक दैनिकले देशव्यापी प्रदूषणले सास फेर्नै गाह्रो शिर्षकमा लेख्छ, नेपालको राजधानी सहर काठमाडौंले सोमबार वायु प्रदूषणमा विश्वकै नम्बर एक सहरको रेकर्ड बनायो। वायु प्रदूषणसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार सोमबार साँझ २५६ वायू प्रदूषण सूचकांक (एक्युआई) सहित विश्वकै सबैभन्दा प्रदूषित सहरको सूचीमा काठमाडौं पहिलो नम्बरमा छ।

वायु प्रदुषण कै खबरलाई गोरखापत्रले पनि स्थान दिएको छ । वायु प्रदूषण अझ बढे सवारी साधन र उद्योग बन्द गरिने वातावरण विभागले जनाएको खबर छ । वातावरण विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्दुविक्रम जोशीका अनुसार प्रदूषण गत साताकै अवस्थामा नपुगे पनि सोमबारदेखि बढेको हो । उनले भने, “अझ बढ्दै गएमा सवारी साधन र उद्योगधन्दा बन्द गरेर भए पनि कम गर्नुपर्ने अवस्था आउन सक्छ ।” देशव्यापी रूपमा वन डढेलोको लहर बढेकाले नेपालको वायु प्रदूषण दोहोरिएको उनी बताउँछन् ।

उता, अन्नपूर्ण पोस्ट्ले देशभर बढेको कोरोना संक्रमणबारे चासो देखाएको छ । बल्झिदै कोरोना व्याधि शिर्षकमा समाचार छ । विश्वभर फेरि कोरोना संक्रमण बढेको छ । सोमबार साँझसम्मको तथ्यांकअनुसार विश्वभर संक्रमितको संख्या १३ करोड १९ लाख ९३ हजार ८३ छ। यीमध्ये १० करोड ६२ लाख ९७ हजार ८ सय ७५ जना निको भएका छन्। कोरोना संक्रमणकै कारण २८ लाख ६७ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ। कोरोना २ सय १९ देशमा फैलिएको छ।

नेपाल समाचारपत्रले सोमबारको संसद् बैठकबारे समाचार पहिलो पेजमा छापेको छ ।संसदमा आरोप–प्रत्यारोप सांसदद्वारा सरकारको आलोचना शिर्षकमा लेख्छ, प्रतिनिधिसभाको बैठकमा सांसदहरूले जनताको पक्षमा काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् । सरकारले बिजनेश नदिँदा प्रभावकारी बन्न नसकेको संसद् बैठकमा सोमबार शून्य समयमा आफ्नो धारणा राख्ने क्रममा सांसदहरूले सरकारको आलोचना गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *