शिक्षा / स्वास्थ्य

सरकारले गर्ने भनेको एन्टिजेन्ट परिक्षण के हो ? कति बिश्वसनीय ?

काठमाडौ । उपत्यका प्रवेश गर्न अब अनिवार्य एन्टीजेन परीक्षण गर्नु पर्ने भएको छ ।

आइतबार बसेको जिल्ला कोभिड १९ संकट व्‍यवस्थापन समितिको बैठकले काठमाडौँ प्रवेश गर्ने नाकामा एन्टीजेन परीक्षण गर्ने निर्णय गरेको हो । अब काठमाडौँ उपत्यका प्रवेश गर्ने नाकाहरुमा सम्बन्धित नगरपालिकाले स्वास्थ्य जाँच र एन्टीजेन परीक्षण गर्न हेल्थ डेस्कको व्‍यवस्थापन मिलाउने र सम्पर्क व्‍यक्ति तोक्नु पर्नेछ । सरकारले गर्ने भनेको एन्टिजेन्ट परिक्षण के हो ? बिश्वसनिय छ त ?

एन्टिजेनमा आधारित परीक्षण झमेला नगरिकन नै सामान्य परीक्षणको आधारमा रिर्पोट थाहा पाइने परीक्षण बिधि हो । पिसिआर परीक्षणले जस्तै एन्टिजेन परीक्षणले पनि कोरोनाभाइरस छ कि छैन् भनेर नै पहिचान गर्ने हो । सरकारले पिसिआर परीक्षण गर्नको लागि प्रयोगशाला, विशिष्टकृत उपकरण, विभिन्न किट, धेरैथरिका जनशक्ति चाहिने भएकाल एन्टिजेनमा आधारित परीक्षणमा बिधि अपनाएको हो ।

परीक्षण विधि सजिलो भए पनि यसका लागि पनि नाक, घाँटीबाट स्वाब लिनुपर्छ, जसका लागि दक्ष्य जनशक्तिकै खाँचो पर्छ । स्वाब लिन सक्ने वा यस विषयमा अध्ययन गरेको मानिसले एन्टिजेन परीक्षण गर्नुपर्छ । घाँटीको स्वाव निकाल्न सक्ने मानिसले नै पनि परीक्षण गरिएका व्यक्तिमा भाइरस संक्रमण भएको छ वा छैन पत्ता लगाउन सक्छ । घाँटी र नाकको स्वाब लाम्चो ¥यापिट एन्टीजेन किटमा एक थोपा राख्दा पोजेटिभ वा नेगेटिभ भन्ने पत्ता लाग्छ । यो परीक्षणले कडा लक्षण देखिएकालाई तत्काल पहिचान गरेर छुट्टयाउन सक्छ ।

एन्टिजेनमा आधारित परीक्षणले १५ मिनेटमा नै रिपार्ट आउने बिशेषज्ञले बताउछन् । छिटो रिपोर्ट आउने भएकाले पनि अन्य सम्भाविन जोखिमयुक्त ब्यक्तिहरु संक्रमणबट बच्ने सम्भावना रहन्छ । पिसिआर परिक्षणको तुलनामा धेरै सस्तो समेत रहेकाले सरकारले यो बिधि अवलम्बन गरेको छ । पिसिआर परिक्षण शुल्क २ हजार रहेको अवस्थामा एन्टिजेन्ट आधारित शुल्क ८ सय सम्ममा गर्न सकिन्छ । एन्टिजेन्ट परिक्षणलाई बिश्वसनिय मानिए पनि स्वाबमा भाइरसको मात्रा धेरै भएमात्रै संक्रमण भएको देखाउन सक्छ ।

यो परीक्षणलाई जहाँ संक्रमित धेरै हुने सम्भावना छ अथवा कडा लक्षणसहितका संक्रमितहरू भएका हुन सक्ने ठाउँमा मात्रै परीक्षण गर्न प्रभावकारी मानिएको छ । कम भाइरल लोड भएको नमूनाबाट सही नतिजा देखाउन नसक्नु एन्टिजेन परीक्षणको एउटा मुख्य कमजोरी हो ।
एन्टिजेन परीक्षणले दिएको रिर्पोटको नजिता सत प्रतिशत पोजेटिभ हुने भनिएपनि नेगेटिभ नतिजा देखाएका व्यक्तिलाई अन्य लक्षणहरुको आधारमा चिकित्सकको सल्लाहअनुसार थप पिसिआर गर्नुपर्ने पनि हुन सक्छ ।

अमेरिका भारत लगायतका देशभरले यो बिधिबाट परिक्षण गर्दै आइरहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *