रिबन

तानातानमा ठाकुर, बन्लान् त ‘किङ्गमेकर’ ?

आजका पत्रपत्रिकामा फरक फरक विषयबस्तुले स्थान पाएका छन् । नागरिक दैनिकले जसपाका नेता महन्थ ठाकुर तानातानमा परेको खबर छापेको छ । जनता समाजवादी पाटी (जसपा) का अध्यक्ष महन्थ ठाकुर सत्ता समीकरणको राजनीतिमा तानातानमा परेका छन् । ठाकुरसँग अहिले ओली, काँग्रेस र माओवादी केन्द्रले सत्ता समीकरणमा साझेदारीको प्रस्ताव गरेका छन् । तर ठाकुर भने ओलीसँग निकट देखिएका छन् ।
त्यस्तै यही २५ गतेदेखि चिनियाँ खोप लगाउन सुरु गरिने खबरलाई पनि नागरिकले प्राथमिकताको साथ छापेको छ । ‘यो खोप अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरुका साथसाथै हिमालय सीमापार व्यापार गर्ने व्यापारीहरु, चीन सरकारको छात्रवृत्तिमा चीनमा अध्ययन गर्ने वा अध्ययनमा जाने तयारीमा रहेका विद्यार्थीहरुलाई दिइने मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले बताए ।

अन्नपूर्ण पोस्ट्ले भारतीय सीमा नाकामा चेकजाँच भरपर्दो नभएको खबरलाई छापेको छ । बाँकेमा अत्यावश्यक कामबाहेक भारत नजान भनिएपनि नाका खुकुलो हुँदा सर्वसाधारण दिनानुदिन भारत जाने क्रम बढ्दो छ ।

राजधानी दैनिकले भारतमा कोरोना बढ्दा नेपाल उच्च जोखिममा शिर्षकमा मुख्य खबर छापेको छ । नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार केही दिनयता संक्रमितको संख्या दैनिक १ सय ५० माथि थपिने गरेका छन् । छिमेकी देश भारतमा दैनिक ९० हजारमा संक्रमण पुष्टि हुने गरेको भारतस्थित स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएको छ । नेपाल भारत सीमा भएका जिल्ला उच्च जोखिममा रहेका छन् ।
त्यस्तै एक वर्षमै साढे ३६ लाखले खोले बैंक खाता शिर्षकमा अर्को खबरलाई पहिलो पृष्ठमै छापेको छ ।
पछिल्लो समय वित्तीय पहुँचको अवस्था अत्यधिक बढ्दै जान थालेको छ । वित्तीय साक्षरता बढ्दै गएको, गाउँगाउँसम्म बैंक पुगेको र सरकारी कारोबारमा अनिवार्य रूपमा बैंकिङ प्रणालीको अवधारणा कार्यान्वयनमा आएसँगै हाल सर्वसाधारणबीच वित्तीय पहुँच विस्तार हुँदै गएको हो । चालू आर्थिक वर्ष २०७७÷७८ को बितेका आठ महिना ९फागुन मसान्त०को अवधिमा आम नागरिकले कुल ३ करोड ६२ लाख ७४ हजारवटा निक्षेप तथा कर्जा खाता खोलेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *