काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले याङ्ग्री र लार्केको पानी मेलम्चीमा मिसाएर तीन वर्षभित्रै काठमाडौंमा ल्याउने बताए । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले २०८१ को नयाँ वर्षमा याङ्ग्री र लार्केको पानी ल्याउनुपर्ने बताएका हुन् ।
शुभराम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले मेलम्चीको नाम फेर्नुपर्ने प्रस्ताव गरेका थिए । मेलम्ची नाम ढिलोको पर्याय भएकाले सर्वसाधारणमा उत्साह थप्न नाम फेर्नुपर्ने प्रस्ताव गरेका हुन् ।
मेलम्चीको सुरुङ बनिसकेकाले याङ्ग्री र लार्केको पानी ल्याउन गाह्रो नभएको भन्दै उनले भने, ‘प्राविधिक रुपमा कति लाग्छ थाहा छैन, । ओलीले याङ्ग्री र लार्केको पानी तीन वर्षभन्दा बढी लाग्नु नहुने भन्दै त्यसैअनुसार तदारुकताका साथ काम गर्न खानेपानी मन्त्रालयलाई निर्देशन समेत दिए ।
प्रधानमन्त्री मन्त्रालय र विभागबीच समन्वयमा जोड दिए । समन्वयको अभावमा विकास र भौतिक पूर्वाधार निर्माणमा कसैले हेलचेक्राइ नगर्न प्रधानमन्त्री ओलीले निर्देशन दिए ।
त्यस्तै आज राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपबाट मेलम्चीको पानी वितरणको औपचारिक शुरुवात गरेकी थिईन् । सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी चैत १५ देखि काठमाडौँमा वितरण सुरु गरिएको छ । हाल काठमाडौँ उपत्यकाका १५ हजार घरधुरीमा परीक्षणका रुपमा पानी वितरण गरिएको मेलम्ची खानेपानी आयोजना विकास समितिका प्रमुख तिरेशप्रसाद खत्रीले बताए ।




