रिबन

सत्ता जाेगाउन जसपालाई फकाउँदै ओली

आजको पत्रपत्रिकामा प्रचण्डले नेकपा फुटाउने सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकनको लागि दिएको निवेदनमा कुनै सुनुवाई गर्नु नपर्ने भनी सर्वोच्चले फैसला गरेको खबरलाई प्राथमिकता दिएर छापेको छ ।
राजधानी दैनिकले हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै फिर्ता शिर्षकमा मुख्य खबर छापेको छ । काठमाडौंको बानेश्वर तथा अनामनगर क्षेत्रको धोबीखोलामा विभिन्न व्यक्तिद्वारा हडपिएको २३ रोपनी सरकारी जग्गा एक महिनाभित्रै सरकारको नाममा ल्याइने भएको छ ।

भूमिव्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले विभिन्न व्यक्तिबाट हडपिएका ती जग्गा सरकारको नाममा ल्याउने प्रक्रिया सुरु गरेको हो । मन्त्रालयका सचिव टेकनारायण पाण्डेले हडपिएका सरकारी जग्गा वैशाख महिनाभित्रै फिर्ता गर्नेगरी तदारुकताका साथ काम अघि बढाइएको जानकारी दिए ।
त्यस्तै, द्रुतमार्ग ठेक्कामा लेखाको चासो, दोस्रो प्याकेज रद्द गर्न निर्देशन दिएको खबरले पनि पहिलोपेजमा स्थान पाएको छ भने विमस्टेक बैठकमा म्यान्मारकोे स्थितिबारे कुनै छलफल नभएको विषयलाई पनि सबै पत्रिकाले स्थान दिएका छन् ।
चहराइरहने एउटा घाउ शिर्षकमा तराईकि एक चेलीको दर्दनाक कथा छापेको छ । तलाक माग्दा एसिड श्रीमान्ले एसिड प्रहार गरेर उनको आधा शरीर जलेको छ । श्रीमान्को झैंझगडा गर्ने बानीबाट दिक्क भएर २१ वर्षीया आरती साहले अघिल्लो वर्ष फागुनमै तलाक मागिन्। मुद्दा लिएर अदालत पनि गइन्। कोरोना महामारीका कारण लकडाउन भयो र मुद्दा अघि बढ्न सकेन। तर, उनका श्रीमान् सञ्जीवकुमार साह एक्कासि कात्तिक २९ गते बिहान जानकीनगरस्थित डेरामा आइपुगे। तब आरतीको शरीरमा एसिड छ्यापेर भागे।
नागरिक दैनिकले जसपालाई फकाउँदै ओली शिर्षकमा लेख्छ, प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन्।
त्यस्तै कारबाही पछि एमाले नेता माधवकुमार नेपालले कम्युनिष्ट एकता जोगाउन बृहत् गठबन्धन हुने सम्बन्धमा बोलेको खबरलाई पनि नागरिक दैनिकले छापेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *