समाचार

नेकपा ब्युँताउने प्रचण्ड प्रयास असफल, सर्वोच्चद्वारा सुनुवाइका लागि निस्सा दिन अस्वीकार

काठमाडौं । नेकपा ब्युँताउने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रयास असफल भएको छ ।

प्रचण्डले मंगलबार सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गराएका थिए । प्रचण्डले दिएको पुनरवलोकनको निवेदनलाई सुनुवाइका लागि निस्सा दिन सर्वोच्च अदालतले अस्वीकार गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा तथा न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना सम्मिलित पूर्ण इजलासले पुनरवलोकनका लागि अनुमति दिन अस्वीकार गरेको हो ।

सर्वोच्च अदालतले फागुन २३ गते फैसला गर्दै एमाले र माओवादी केन्द्र एकीकरण भई बनेको नेकपाको दर्ता खारेज गर्दै पुरानै अवस्थामा फर्काइदिएको थियो ।

गत २३ फागुनमा सर्वोच्चका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले नेकपा बदरको फैसला सुनाएको थियो । उक्त फैसला राजनीतिक भएको भन्दै प्रचण्डले पुनरावलोकनका लागि जाने बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *