काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई विघटन गरी एमाले र माओवादी केन्द्र ब्युँताउने सर्वोच्च अदालतको फैसला पुनरावलोकन माग राखी दर्ता गरेको निवेदनमाथि आज सुनुवाइ हुने भएको छ ।
उक्त निवेदनमा प्रधानन्यायधीश चोलेन्द्र शम्शेर राणाले विशेष चासो दिएर हेरेका छने् । प्रधानन्यायाधीश राणाले उक्त मुद्दा आफ्नै इजलासमा राखेर सुनुवाइ गर्न लागेका हुन्।
सर्वोच्चले प्रधानन्यायाधीश नेतृत्वको तीन सदस्यीय इजलासमा उक्त मुद्दाको पेसी तोकेको छ । इजलासमा प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरू तेजबहादुर केसी र प्रकाशकुमार ढुंगाना छन् । आजको सुनुवाइले दाहालले माग गरेबमोजिम पुनरावलोकनका लागि स्वीकृति दिने कि नदिने भन्ने निर्णय गर्नेछ ।
प्रचण्डले निवेदकले माग्दै नमागेको सन्दर्भमा सर्वोच्चले फैसला दिएको भन्दै त्यसको पुनरावलोकन गर्न आग्रह गरेका छन् ।
नेकपा आफ्नो पार्टीको नाम भएको भन्दै ऋषिराम कट्टेलले दिएको रिटमा न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले फागुन २३ गते एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपालाई एकीकरण पूर्वको अवस्थामा फर्काइदिने फैसला गरेको थियो।




