समाचार

देव गुरुङ भन्छन्– ओलीले चैत २३ गतेभित्र विश्वासको मत लिनै पर्छ, नत्र संकटमा पर्छ

काठमाडौं । माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री केपी ओलीले चैत २३ गतेभित्र संसदमा विश्वासको मत लिनै पर्ने बताएका छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै उनले यदि सो मितिभित्र ओलीले विश्वासको मत नलिए सरकारको वैधतामाथि प्रश्न उठ्ने र संकटमा पर्ने बताए ।

‘संविधान अनुसार प्रधानमन्त्रीलाई समर्थन गरेको दल विभाजित भएमा वा समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले ३० दिनभित्र विश्वासको मत नलिएको अवस्थामा संकट आउँछ’, उनले भने, ‘फागुन २३ गते नेकपा दल विभाजित भइसकेकाले आगामी चैत २३ गते अर्थात् ३० दिनभित्र विश्वासको मत लिएमा मात्रै ठीक हुन्छ। यति विश्वासको मत नलिएमा सरकार संकटमा पर्छ।’

गुरुङले ओली नेतृत्वको सरकारले संवैधानिक रुललाई पालना नगरेको पनि बताए। संविधानको धारा ७७ को १ अवस्थाले प्रतिनिधिसभाको सदस्य नरहेपछि प्रधानमन्त्री नरहने अवस्था हुन्छ। संविधानको धारा ७७ उपधारा ३ अनुसार सरकार कामचलाउमा परिणत भइसकेको छ’, उनले भने, ‘०४७ सालको संविधानको संविधानको बेला र २०६३ सालको संविधानले पनि सरकारको पुनस्स्थापना गरेको छैन। संसद मात्रै पुनःस्थापित भएको ह। अझै पनि ओलीले आफूलाई कामचलाउ मानेका छैनन्। संविधान र विधिलाई मिच्ने काम गरेका छन्।’

नेता गुरुङले सरकार फेरि संसद विघटनको मनस्थितिमा पुगेको दाबी गरे। ‘सरकारको पुस ५ को मनस्थितिले संसद भंग गरेर मध्यावधिमा जाने मनस्थिति बनाउँदैछ’, उनले भने, ‘निर्वाचन र ताजा जनादेशको कुरा उठाइरहेको छ। संविधानले नचिन्‍ने ताजा जनादेश के होरु पाँच वर्षको मात्रै जनादेशलाई, निर्वाचनलाई संविधानले चिन्छ। सरकार संविधान सक्ने दिशातर्फ सरकार गएको छ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *