आजको पत्रपत्रिकामा समसामायिक विषयबस्तुले स्थान पाएका छन् ।
अन्नपूर्ण पोस्ट्ले ‘सामाजिक सुरक्षा भत्ता बढाउँदै छु’ शिर्षकमा पहिलो पेजमा समाचार छापेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षाभत्ता साउनदेखि बढाउने घोषणा गरेका छन्। ‘सरकार बनाउनेबित्तिकै पहिलो बजेटमा वृद्धभत्ता किन बढाइएन ? यो किन गरिएन ? त्यो किन गरिएन भनेर धुम मच्चाइयो’, काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘गत बजेटमै बढायौं। सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रै काम गर्यौं।’
त्यस्तै घाइते सहकर्मीलाई कालिगण्डकीमा फाल्ने दुई जना पक्राउ परेको खबरलाई पनि अन्नपूर्णले पहिलो पेजमा छापेको छ । हेल्लो प्रहरी मेरो भाईले अपराध गर्यो शिर्षकमा अन्नपूणै लेख्छ, आफ्नो भाईले घाइते सहकर्मीलाई कालिगण्डकीमा फालेको खबरलाई प्रहरीकोमा उनकै दिदिले पुर्याएकि छिन् ।
राजधानी दैनिकले डिजिटल बन्दै कांग्रेसः पाँच लाख सदस्यता अनलाइन इन्ट्री शिर्षकका खबर छापेको छ । नेपाली कांग्रेसले आगामी १४औं महाधिवेशनलाई लक्षित गर्दै हालसम्म नयाँ वितरण र नवीकरण गरी झन्डै ५ लाख क्रियाशील सदस्यता इन्ट्री गरेको छ ।
कांग्रेसले यसअघि आफ्ना सदस्यको विवरणलाई कागजी रूपमा अद्यावधिक गर्ने गरेकामा यसपटकदेखि विद्युतीय माध्यममार्फत व्यवस्थित गर्ने नीति लिएको हो । पहिले ४ लाख ७० हजार रहेको क्रियाशील सदस्यको संख्यालाई दोब्बर बनाउने नीतिअनुसार कांग्रेसले धमाधम सदस्यता वितरण र नवीकरणको काम गरिरहेको छ । त्यस्तै साउन १ देखि सामाजिक सुरक्षा भत्ता बढ्ने खबरलाई पनि राजधानी दैनिकले छापेको छ । नेकपा एमाले र माओवादी केन्द्रको एकता भंग गरेको भन्दै फागुन २३ को सर्वोच्चको फैसलालाई पुनरावलोकन गर्न प्रचण्डले मंगलबार निवेदन दिएका छन् । यो खबरलाई सबै पत्रिकाले प्राथमिकताको साथ छापेको छ ।
नागरिक दैनिकले ‘कम्युनिस्ट आन्दोलन ध्वस्त पार्दै ओली’ शिर्षकको समाचार छापेको छ । एमाले माधवकुमार नेपाल–झलनाथ खनाल पक्षले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नेपालको कम्युनिस्ट आन्दोलन छिन्नभिन्न र ध्वस्त बनाउन लागेको निष्कर्ष निकालेको छ। त्यस्तै नयाँ सरकार बनाउन प्रचण्डले कसरथ सुरु गरेको खबर पनि नागरिकमा छ । मंगलबार प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता समिकरणको सम्भावनाबारे छलफल गरेका थिए ।




