रिबन

सरकारी र थारु संगठनबीच पहिलो चरणको वार्तामा के भयो

काठमाडौं । आन्दोलनरत विभिन्न थारु संगठन र सरकारबीच मंगलबार पहिलो चरणको वार्ता भएको छ । वार्तामा थारु संगठनले राखेका मागबारे छलफल भएको थियो । वार्ता सकरात्मक मोडतर्फ अघि बढेको सहभागी एक सदस्यले जानकारी दिए ।

विभिन्न माग राखी आन्दोलनरत थारु कल्याणकारी सभा, थारुहटर थारुवान संयुक्त संघर्ष समिति केन्द्रीय आन्दोलन परिचालन समितिको वार्ता टोली र गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा गठित सरकारी वार्ता मंगलबार टोलीबीच वार्ता भएको हो ।

सरकारी वार्ता टोलीमा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र पूर्व सासंद भगवती चौधरी सदस्य छन् भने थरुहटका तर्फबाट रुक्मीणी चौधरीको संयोजकत्वमा प्रेमलाल चौधरी, पदमनारायण चौधरी, चन्द्रबहादुर चौधरी, प्रभात चौधरी सदस्य रहेका छन् ।

टीकापुर घटनामा थारु कल्याणकारी सभाका अध्यक्ष धनिराम चौधरी, सांसद रेशम चौधरीलगायतलाई लगाइएको मुद्दा फिर्ता गरिनुपर्ने, थारुहट आन्दोलनको क्रममा मारिएकाहरुलाई सहिद घोषणा गर्नुपर्ने, लोकसेवा आयोगलगायत राज्यका विभिन्न निकायमा थारु समुदायका लागि छुट्टै आरक्षणको व्यवस्था गर्नुपर्ने हितका १९ बुँदे माग राखेर केही दिनदेखि उनीहरु आन्दोलनमा छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *